गाईघाट देखि सर्बोच शिखर सगरमाथा को फेदी सम्म ......... 



भनिन्छ घुम्नु भनेको मानसिक र शारार्रिक रुपम आफुलाई सक्षम बनाउने एकखाले उपचार नै हो भनेर !  त्यसै पनि नेपाल घुम्न लाइ बिश्व मै प्रमुख गन्तब्यका रुपमा परिचित छ, यहाँ को भौगोलिक बनावट हिमाल , पहाड, तराइ, ताल, खोलानाला बहु भाषिक, बहु जाती, भिभिन्न खाले सस्कृति आदि ले सबै को मन लालाहित बनाएको नै छ ! यहाँ को भौगोलिक बनावट अलिक जटिल भएको ले बिसेष तह पैदल यात्रा नै बढी हुने गरेको पाइछ त्यसो त कतिपय ठाउमा यातयात को पहुच पनि पुग्दै गएको छ तर त्यस्ता धेरै ठाउहरु छन जहाँ यातयात को पहुच छैन त्यस्ता ठाउ हरु मा हवाई यात्रा पनि गर्न सकिन्छ तर मौसम प्रतिकुल हुनु, भौगोलिक बिकट र भनेको बेला हवाई टिकट उपलब्ध नहुनु ले पुरै पर्यटन जगत मा असर परेको पनि छ ! यहि मध्य को यौटा बिश्व सामु परिचित गन्तब्य भनेको सर्बोच शिखर सगरमाथा को आधार शिबिर र खुम्जुग क्षेत्र हो ! खुम्बु क्षेत्र को कुरा गर्नु पर्दा यो प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्ला मा अबस्थित छ र यहि बिश्व को सर्बोच शिखर सगरमाथा, पुमोरी, लोत्से, आमदबल्म, लोबुचे, जस्ता धेरै ६००० मिटर भन्दा माथिका हिमश्रुखला पर्दछन ! गत साल यहि ठाउ को भ्रमण गर्ने अबसर मलाई जुरेको थियो ! त्यहि क्रम मेरो यात्रा सस्मरण र भोगाइ कोर्ने कोसिस गरेको छु ! अब कसरि जाने ? कहाँ बाट जाने ?  कति खर्च लाग्छ ? कति दिन लाग्छ ? आदि इत्यादि नै हो हाम्रो जिज्ञासा भनेको ! आधार शिबिर जाने जम्मा २ ओटा बाटो हरु छन यौटा उदयपुर को कटारी हुदै ओखल्धुङ्गा हुदै सोलु को सदरमुकाम सल्लेरी सम्म बस बाट यात्रा गरि सल्लेरी बाट ३ दिन को पैदल यात्रा गरि लुक्ला पुगिन्छ ! लुक्ला नै आधार शिबिर को मूल ढोका भनेर चिनिन्छ ! अर्को काठमाडौँ बाट ३० मिनेट को हवाई मार्ग हुदै लुक्ला पुगिन्छ यदि तपाई हवाई मार्ग हुदै जादा नेपाली भाडा दर ६८०० तिर्नु पर्छ ! तर धेरै मान्छेहरु को लुक्ला प्रति को धारणा नाकारात्मक छ ! हुन् त् त्यहाँ जहाज अवतरण गर्न अलिक कठिन छ धावनमार्ग अलिक सानो भएको ले गर्दा अनि भौगोलिक विकटता का बाबजुद पनि शाहसिक नेपाली पाइलट हरु लाइ मन्न्नै पर्छ ! लुक्ला सम्म को हवाई यात्रा को अनुभब पनि यौटा अविस्मरणीय क्षण नै मान्नु पर्छ ! 
अनि खर्च को कुरा मा आधार शिबिर सम्म को यात्रा तय गर्न ३० हजार देखि ३५ हजार सम्म ले पुग्छ ! आधार शिबिर को यात्रा  लुक्ला बाट सुरु हुने र पुगेर लुक्ला  नै फर्किन लाइ ९ दिन देखि ११ दिन लाग्छ ! हुन् त आधार शिबिर बाहेक अन्य धेरै ठाउ हरु पनि छ खुम्बु यहाँ अबस्थित सबै ठाउँ को अबलोकन भ्रमण गर्दा चाही ४० देखि ४५ दिन लाग्छ ! अन्य ठाउ भन्नाले आधार शिबिर बाहेक छुकुंग, छुकुंग रि, आमादबलम बेस, ख्म्बोला पास, छोलापास, गोकियो, गोकियो रि, रेंजोला पास, आदि ! तर धेरै पर्यटकहरु चै आधार शिबिर र कलापथर लाइ नै आफ्नो प्रमुख गन्तब्य बनाउदा रहेछन ! 
कस्ता मान्छे ले यो क्षेत्रको भ्रमण गर्ने ? यात्रा का क्रम मा के के कुरा मा ख्याल गर्ने ? यात्रा मा के के कुरा हरु लाने भन्न्दा यो उच हिमाली क्षेत्र भएकोले गर्दा उच रक्तचाप, स्वासप्रस्वास , बाथ आदि रोग भएका व्यक्तिहरु ले बिशेस डाक्टर सग परामर्श गरेर जादा राम्रो हुन्छ ! जानु भन्दा करिब २/३ महिना अगाडी देखि शाररिक ब्याम कम्तिमा दिनको २/३ घण्टा हिड्ने वा कुद्ने गर्दा यात्रा मा सहज हुन्छ ! अनि यात्रा गर्दा केहि औसधि जस्तै (जोरो, टाउको दुख्ने, वाकवाक लाग्ने, ब्याण्डिज, भिक्स ) बोक्नु राम्रो हुन्छ अनि सिलिपिंग ब्याग अनिबार्य नै हुनु पर्छ ! थर्मस साथै धेरै क्यालोरी हुने चकलेट आदि ! अनि यात्रा का क्रम मा झोलिलो कुरा प्रसस्त लिनु राम्रो हुच्छ जसले गर्दा तपाई लाइ लेक लाग्ने सम्भवन न्यून हुन्छ ! रक्सि, चुरोट जस्ता पदार्थको सेवन नगर्दा राम्रो हुन्छ !  अनि हिडाई को गति एकनासे कायम  गर्नु पर्छ ! धेरै छिटो त्यसपछि ढिलो हिड्ना ले स्वस्थमा प्रतिकुल असर पर्छ ! अनि यात्रा सकेर होटल पुग्ने बितिकै सुति हाल्नु हुन् सकभर साथी हरु वा अन्य बय्क्ति सग गफ गरेर समय बिताएर अलिक ढिलो सुत्नु पर्छ ! तपाई मा टाउको दुख्ने, रिस उठ्ने, खुट्टाको पिदुला दुख्ने, अरु बोल्दा झर्को लाग्ने, वाकवाक हुने वा बान्ता भएमा यात्रा अगाडी नबढाई फर्किनु नै बेश हुन्छ ! यदि त्यो सब हुदा नि यात्रा जारि राखे तपाई को जिउ मा अक्सिजन को कमि भै ज्यानै जाने खतरा पनि रहन्छ ! 

दिन १ : - मेरो यात्रा चै मैले त्रिभुवन बिमान स्थल बाट सुरु गरे ! मेरो लुक्ला को लागि बिहान ७:३० को टिकट भएता पनि व्यस्त हवाई ट्राफिक र प्रतिकुल मौसम का कारण ले गर्दा दिउसो २:१५ बजे हाम्रो जहाज उड्यो केहि डर भए पनि जहाज बाट देखिने मनोरम दृश्यले  मन को डर लाइ कैद गर्न सफल थिए ! करिब २:५० तिर हाम्रो जहाज सफलता पुर्बक लुक्लामा अवतरण भयो ठुलो टाहार, अग्ला डाडा मनोरम नै लाग्यो ब्यान को खान नखाएकोले गर्दा लुक्लामा खाजा खाएर गन्तब्य तिर बढ्ने निधो गरियो ! करिब ३:१५ बजे लुक्ला बाट फक्दिंग तिर को यात्रा सुरु गरियो तेर्सो, उकालो , ओरालो गर्दै करिब ५:५० तिर रिम रिम अध्यारो हुदा फक्दिंग पुगेर कलापथर लज मा बस्यौ ! 
दिन २ : ब्यान फाक्दिंग बाट चिया सगै खाजा खाएर यात्रा अघि बढ्यो, यात्रा रोमान्चक नै थियो खोला, पहाडको फेदी को बाटो झोल्नुंगे पुल हुदै जोर सल्ले पुग्दा १२ बजेछ, जोर सल्ले मा खाना खाएर एकछिन सुस्तायौ, आज को यात्रा नाम्चे मा पुगेर बिश्राम लिने हो ! नाम्चे मा बास स्थान को पनि टुंगो भै सक्यो ! यहि हो प्रबिधिको मज्जा, उहिले भा चिठी वा मान्छे लाइ खबर पठाउनु पर्ने  हुन्थियो तर अचेल प्रबिधिले त्यो सहज बनेको छ ! यही क्रम मा करिब ५ बजे नाम्चे आएर होटल तिर लागियो मौसम त्यति सफा नभएकोले दृस्य पनि राम्रो देखिएको थियन ! होटल मा ब्याग राखेर केहि सुप पिएपछि ७ बजेछ त्यसपछि नाम्चे बजार घुम्न निस्कियौ, रात्रीकालिन नाम्चे कुनै युरोपको एक टुक्रा जस्तो भान भयो ! नेपाली मान्छे ज्यादै कम प्राय जसो सबै बिदेसी नागरिक को बाहुल्य ज्यादै थियो एक खाले रमाइलो को साथ करिब १० बजे राति होटल आएर सुतियो ! 


दिन ३ : ब्यान उठियो नित्य कर्म सकेर बाहिर निस्किदा कल्पना गरेको भन्दा कयौ गुणा राम्रो लग्थियो कि स्वोर्ग जस्तै चारैतिर हिमाल टलक्क टल्केको, हरियाली सचे मनमोहक द्र्स्य थियो त्यो ! होटल मा ब्यानको खाजा र चिया लिएर हामी स्यान्बोचे तिर लाग्यौ, नया  हावापानी मा आफ्नो रहन सहन मिलाउन यो अनिबार्य हो . नाम्चे ३४४० मि. मा छ भने हामी ३७८० मि मा पुगेर पुन ३४४० मा नै बस्नु पर्छ यसो गर्दा उचाइ को प्रभाब कम पर्ने र वातावरण अनुसार जिउ पनि मिल्ने गर्छ ! स्यन्बोचे मा कच्ची धावन मार्ग रहेछ तर पिलेन चै बस्दो रहेनछ, हेली ले समान ओसार्ने ठाउँ रैछ ! डाडा मा एभरेस्ट भ्यु होटल रहेछ, होटल बाट मौसम सफा हुदा सगरमाथा को चुचुरो देखिने रैछ प्राय पर्यटकहरु यहि सम्म आउने चिया कफी पिउने अनि फर्केर नाम्चे गएर बस्ने चलन रैछ हामी ले नि त्यै गरेउ त्यो दिन ! 

दिन 4 : ब्यान को चिया र खाजा खाएर हामी हाम्रो यात्रा लाई निरन्तरता दिदै तेम्बोचे तिर लाग्यौ, चारै तिर हिमाल नै हिमाल हेर्दै मन फुरुंग हुने साइट सिन गर्दै  नाम्चे बाट करिब ३ घण्टा को यात्रा पछि दोभान पुगियो, दोभान मा सानो होटेल पर्यटक को घुइचो खाना खाने पर्खाई मा बसियो नेपाली खाना अर्डर गएर १० मिनेट कुरे पछि खाना आयो र नेपाली आर्मी को अन्तिम चेक पोस्ट पनि यहि रहेछ ! खाना पछि आधि घण्टा आराम गएर तेंबोचे को उकालो चढ्न सुरु गरियो करिब ३:३० मिनेट को उकालो छिचोलेर तेंबोचे बुगियो सानो गाउ ठुलो गुम्बा चारै तिर हिमाल रमाइलो गाउ रैछ त्यो रात को बसाइ ट्रेकर्स लज मा , लज को दाइ पनि निकै रमाइलो अनि हामी नेपाली लाइ सुतेको शुल्क नलाग्ने रैछ ! गुम्बा घुमेर रातको खाना खाएर आराम गर्न लागियो !

दिन 5 : आज को यात्रा चै दिम्बोचे को हुनेछ, ब्यान को खाजा खाएर तेम्बोचे लाइ बाइ गरियो हिजोको टोपी झर्ने उकालो को झल्को अझै ताजै छ तर आज को बाटो तेर्सो रैछ अलि पर पुग्ने बितिकै आमदबल्म को कछाड हुदै अघि बढियो सजिलो बाटो तर हिड्न अलिक गारो गारो सायद उचाई बढेकोले होला बिहान ७ बजे बाट सुरु गरिएको यात्रा करिब २:३० बजे देम्बोचे पुगियो . सानो गाउ तर सबै होटल हरु अगाडी आम्दबल्म हिमाल आर्को तिर लाबुचे छुकुंगबाट बगेर आएको खोलाको सुसेली भिन्नै आनन्द र त्यो दिन त्यहि होटल उमंग मा बास बसियो !

दिन 6 : देम्बोचे समुन्द्र सतहबाट ४४१० मि मा अबस्थित भएकोले पुन हामीले एक दिन त्यहि आराम गरेर अर्को दिन मात्र अघि बढ्ने निर्णय गरियो सोहि अनुसार खाजा खाएर उकालो लागियो हामी ४३१० बाट ५१०० मि माथि पुगेर हेर्दा साचिकै स्वोर्ग यहि हो झैँ लाग्यो पुर्ब तिर मकालुको टुप्पो सुन जस्तै टिलिक देखिदा मन कटक्क खायो करिब चुचुरोमा १ घण्टा बसेर पुन दिम्बोचे तिर ओरालो नै झरियो र त्यो रात त्यहि बिताइयो !

दिन 7 : आज यात्रा को सातौ दिन ब्यान करिब ७ बजेको थियो जाडो अत्याधिक थियो रति -१२ थियो भन्दै थे पर्यटकहरु तर यहाँ देखि निन्द्रा नि कम लाग्ने रैछ अनुभव गरियो ! हामीले हाम्रो खाजा खाएर लबुचे तिर अघि बढियो बाटो हल्का उकालो भएर अनि अक्सिजन को कमी भएर होला हिड्न अलिक गारो महसुस भै राखेको थियो ! ३ घण्टा जति हिडेपछि यौटा सानो तर अत्यन्त कठिन उकालो आयो, उकालो उक्लेपछि यौटा स्मारक आयो सगरमाथा मा ज्यान गुमाउनेहरु को सम्झनामा बनाइएको रहेछ त्यो स्मारक ! एकछिन थकाइ मारे पछि लबुचे तिर अघि बढियो ग्लेसियर को बाटो करिब १ घाटा हिडे पछि लबुचे  पुगियो लबुचे मा चै पर्यटकहरुले ५०० को कुपन लिनु पर्ने रहेछ त्यो कुपन भए पछि जुन होटल मा बस्न नि पाइने सो बापत लिएको रकम बाटो बनाउन र सरसफाईमा खर्च गरिदो रैछ ! आज चै अलिकति टाउको दुखेको महुस भयो तर एक बटुका लसुनको सुप पिए पछि अलिक राहत भयो र एकछिन लबुचे घुमेर रति करिब ९ बजे तिर सुतियो !
दिन 8 : एका ब्यानै होटल साउले नास्ता तयार भो आउनुहोस नेपाली दाइहरु भन्नु भयो नास्ता खाइ सकेर हामी हाम्रो गन्तब्य गोरख्से तिर लागियो ! ग्लेसियर को बाटो बढ्दै गएको उचाइ गारो हुनु स्वभाबिक हो ! लबुचे ४९४० मिटर बाट हामी उक्लिन थालेका थियौ ! करिब १२ बजे हामी गोरख्से पुग्यौ जुन ५१६३ मि मा अबस्थित छ ! त्यहाँ होटल बुक गरेर खान खाए पछि हामी आधार शिबिर तिर लगियौ करिब २:३० मिनेट पछि आधार शिबिर पुगियो, खुम्बु गेलेसियर को छेउ मा अबस्थित अगाडी ठिग्ग उभिएको लोत्से, पुमरी, काला पथर जीउ नै सिरिङ्ग भएर आउने ! सायद मैले मर्नु अघि देखेको स्वोर्ग यहि नि हो ! करिब १:३० मिनेट को आधार शिबिर बसाई पछि पुन गोरख्से फर्कियौ ! हिजो अस्ति को तुलना मा आज अलिक असहज महसुस गरियो सायद धेरै उचाइ भएर होला ! बेलुका को खान खाए पछि आराम गर्न गाइयो तर निन्द्रा पटक्कै परेन करिब १२:३० तिर झिमिक्क चिम्ले जस्तो लाग्थियो ब्युझिदा ३ बजेको रैछ ! बोतल मा तातो पनि भरेर काला पथर तिर उकालो लागे आखिरी यसै निन्द्रा परेको थिएन करिब ३ घण्टा को उकालो चढे पछि काला पथर को चुचुरो चुमियो,गौरब लाग्यो ५५५० मिटर माथि बाट हेर्दा अटल सगरमाथा, लोत्से, आम्दबल्म गजब को नजारा ! तर ३० मिनेट भन्दा धेर बस्नु सकिएन अत्यधिक जाडो ले गर्दा अनि ओरालो झर्ने मन नहुदा पनि बाध्य हुनु पर्यो  ! ८ बजे गोरख्से आइपुगे ! खाजा खाएर ओरालो झरियो ! मेरो यात्रा आधार शिबिर सम्म को मात्रै थियो तर त्यहा पुगेपछि निर्णय परिबर्तन गरियो ! अब त्या बाट सिधै फेर्किने भन्दा पनि गोकियो हुदै फर्किने भनेर ! सोहि अनुसार यात्रा अघि बढ्यो क्रमस लबुचे हुदै जोग्ला मा पुगेर बसियो ! 



दिन 9 : लबुचे इस्ट हिमाल को फेद मा रहेको जोग्ला अत्याधिक जाडो र असाध्य रमाइलो ठाउँ लाग्यो ! आज हामी चोला-पास हुदै ठंग्ना भन्ने ठाउँ सम्म पुग्ने योजना अनुसार प्याक लच बोकेर ब्यान को खाजा खाएर जोग्लाबाट अघि लाग्यौ ! करिब १:३० घण्टा हिडे पछि निकै गतिलो उकालो को सामना गर्नु पर्यो २ घण्टा को घम्साघम्सी पछि उकालो सकियो !  त्यसपछि सुरु भयो चोला -पास गर्ने हाम्रो रोमान्चक यात्रा, हिमाल को खोच बाट पास गर्नु पर्ने, घाम लाग्न सुरु गरेकाले माथि बाट ढुंगा झर्ने तनाब, हिउ नै हिउ को बाटो त्यसमाथि चिप्लो अत्यधिक धेरै सजग भएर हिड्नु पर्ने ! करिब २:३० मिनेट को हिउमा हिडे पछि चोला-बेश पुगियो ! चोला-पास ५४२० मि मा रहेको छ ! त्यो अबधि भर मज्जा ले धित मरुन्जेल हिउ खेलियो र प्याक लचं गरेर ओरालो झरियो ३ घण्टा को ओरालो हिडे पछि ठंग्ना पुगियो हिमाल को खोच मा रहेको ठंग्ना खोलाको छेउ मा रहेछ ! ठंग्ना मा धेरै रमाइलो गरियो पर्यटक र उनीहरु का पथ प्रदर्सक हरु सग र रति को ११ बजे खान खाएर सुतियो आज अलिक गलिएको पनि महसुस भो ! 

दिन 10 : ठंग्ना बाट ब्यान को खाजा खाएर गोकियो खाना खाने गरि बाटो लागियो, गोकियो जादा बाटोमा धेरै हिमताल हरु पर्ने हुदा जमेको ताल मा हिडेर नया अनुभब गरियो ! ग्लेसियरको बाटो हिड्नु पर्ने भएकोले गर्दा यात्रा बामे सरे जस्तै भएको थियो ! तर रोमान्चक नै थियो ! दिउसो १ बजे गोकियो पुगियो, गोकियो मा जम्मा ५ ओटा ठुलो ठुलो हिमतालहरु रैछन अनि ताल को छेउ मा होटलहरु, डैनिंगरुम बाट ताल र हिमाल दखिने सुदर ठाउँ गोकियोले पुरै मोहित पार्यो, खाना खाएर केहि बेर बिश्राम गरि गोर्कियो रि तिर लागिउ, करिब ३ घण्टा उकालो चढे पछि गोकियो रि पुगियो, हामी रि पुग्नसाथ हिमपात सुरु भयो भन्ने हरु ले गोकियो रि बाट सगरमाथा को हिलारी स्टेप पनि देखिन्छ भन्थे तर बाक्लो कुर्हिरो ले गर्दा हामी त्या चै चुक्यौ तर पनि बिस्मत भने थियन जिन्दगी मा पहिलो चोटी हिउ को चुटाइ खाइयो यो नौलो अनुभब रह्यो ! हामी हिउको बर्सात सगै गोकियो तर्फ ओरालो लागिम करिब १:३० मिनेट मा गोकियो आइयो, होटल मा खाना तयारी भएकोले खाएर आराम गर्न लागिउ ! गोकियो ४७५० मि मा छ भने ५३५७ मि मा गोकियो रि रहेको छ ! 

दिन 11 : अब यात्रा करिब करीब अन्त्य तिर आइसकेको हुनाले ब्यान गोकियो - 3 मा मुख धोएर खाजा खाएर नाम्चे तर्फ को बाटो ओरालो लागियो  ! अब यात्रा सहज हुदै गा को भान हुन्थियो सायद ओरालो तेर्सो भएर होला गोकियो-२, गोकियो-१ हुदै मोचेर्मो, डोले हुदै नाम्चे तर्फ यात्रा जारि थियो बाटोमा रास्ट्रिय निकुञ्ज पर्ने हुदा नाहुर, डाफे पनि अबलोकन गरियो नाम्चे पुग्ने गरि हिडे पनि पुग्न सकिएन रात परेकोले गर्दा खेइ फोर्चे मा बास बसियो ! 

दिन 12 : ब्यान फोर्चे बाट नाम्चे तर्फ लागियो करिब ३ घण्टा हिडे पछि नाम्चे बजार आइयो २ घण्टा जति नाम्चे बसेर फेरी ओरालो लागियो रिम रिम साझ पर्दा फाक्दिंग पुगेर बसियो ! 

दिन 13 : एकतर्फी मात्र हवाई टिकट मा गएको हुनाले फर्किने हवाई टिकट नपाउने हो कि भन्ने पिर थियो ! गलेको हुनाले फुसुक्क निदाइएछ ब्यान खोला को आवाज ले उठायो ! उठेर नास्ता गरेर लुक्ला तर्फ धाइफ़ल हानियो करिब ३ घण्टा को यात्रा पश्चात लुक्ला पुगियो ! लुक्ला एअरपोर्ट मा गएर टिकट व्यवस्था को लागि भनसुन गरे केहि समय कुरे पछि सिता एअर मा मिल्यो १५ मिनेट जति मा काठमाडौँ उडियो ! 
करिब ३० मिनेटको उडान पछि काठमाडौँ अवतरण गरियो यात्रा सहज, रमाइलो र यादगार बन्यो ! दुख को कुरा यत्रो दिन को यात्रा मा नेपाली यात्री हरु जम्मा २ जना भेटियो बाकि सबै बिदेशी पाहुना मात्रै ! केहि प्रश्नहरु मन मा उब्जिए, नेपालीहरु कस्तुरी जस्तै भै सकेछन आफ्नो सुगन्ध थाहा नपाउने ? सुबिधा भोगी परिणाम उचरक्तचाप, मधुमेह, स्ट्रेस, दिर्घ रोगहरु दिनानुदिन फैलिदैछ, हामी हाम्रो देश घुम्न मन लाग्दैन तर विदेश घुम्न हामी लाखौ खर्चेर जान्छौ यसको मतलब यो हैन कि विदेश जानु नै हुन् भनेको पक्कै पनि होइन पहिला देश हेरौ यदि हाम्रो देश राम्रो हुन्न थियो भने सर बिश्वबाट नेपाल घुम्न मान्छे हरु किन आउथे ? प्राकृतिक सौन्दर्य भन्दा कृतिम मन पर्ने हाम्रो बानिमा सुधार ल्याउ सके सम्म बर्ष मा एक चोटी हिडेरै देश घुमौ, येसो गर्नले हाम्रो स्वास्थ्य, ब्यबहार  र स्ट्रेस कम हुन्छ ! एक पल्ट विदेश घुम्ने पैसाले सायद नेपालको ६० % राम्रा ठाउँहरु घुम्न पुग्छ त्यसैले देश घुमेर विदेश हेरौ ! 

Comments

Popular posts from this blog

नेता